• ६ असोज २०८३, मंगलबार
  • २ः२७ दिउँसो

हेलम्बुको बाढीमा अझै २३ जना बेपत्ता, गाउँपालिकाले सार्वजनिक गर्‍यो विवरण (सूचीसहित)

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०७:४४

काठमाडौँ : सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकाले असार १ गते आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ ।गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो ।

National Life

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ ।


बेपत्ता हुने २३ जनामध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया