• ८ असोज २०८३, बिहीबार
  • ९ः०८ राती

पहिलो हाफमै १० खेलाडीमा सिमित नेपाल,अस्ट्रेलियासँग ३-० गोलले पराजित, विश्वकप छनोट यात्रा सकियो

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०६:५३

काठमाडौं : कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३-० गोलले पराजय ब्यहोरेको छ। कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो।

National Life

अस्ट्रेलियाले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो। छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले सोझै रातो कार्ड पाएका थिए।


वन भर्सेस वनको प्रयाशमा अगाडि बढिरहेका अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि रोहितलाई सोझै रातो कार्ड देखाइएको थियो। अस्ट्रेलिया ५७ औँ मिनेटमा ३-० गोलले अगाडि बढ्यो। नेपालका गोलकिपर किरणकुमार चेम्जोङले केही आकर्षक बचाउ गरे।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो। नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भयो। अस्ट्रेलियासँग पहिलो खेलमा ५-० गोलको हार ब्यहोरेको थियो।


नेपालले कुवेतसँग ७-० र १(० तथा जोर्डनसँग ३-० र ३-० गोलको हार ब्यहोरेको थियो। चाइनिज ताइपेईलाई भने दुवै खेलमा समान २-० गोलले हराएको थियो।

प्रतिकृया