• १३ असोज २०८३, मंगलबार
  • ७ः२४ बेलुका

दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ २३ गते, आईतवार ०६:३०

काठमाडौं : पर्सा दुई युवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ । गोरखाका २० र २२ वर्षीया दुई युवतीलाई ललाफकाई नेपालगञ्जबाट वीरगन्ज हुँदै भारत लान खोज्ने एक भारतीय दम्पत्तीलाई वीरगञ्जको इनरवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

National Life

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय अस्गर सैफी र उनकी श्रीमती तनहुँ दमौली नगरपालिका ५ की सकिना खातुन भनिने सीता थापा क्षत्री छन् ।


ती युवतीलाई उनीहरूको भारतको बेतिया लान लागेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। नेपालगञ्जमा कन्या पूजा छ, कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भनी फकाएर उनीहरूले गोरखाका ती युवतीहरूलाई घरबाटै हिँडाएको पनि खुलेको खनालले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिकृया