• १३ असोज २०८३, मंगलबार
  • ६ः११ बेलुका

संविधानलाई आत्मसात गरेको छु, नेपाल साझा राष्ट्र हो : राजेन्द्र महतो

प्रकाशित मिति

२०७८ जेष्ठ २३ गते, आईतवार ०६:४०

काठमाण्डौ : उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले नेपाललाई बहुराष्ट्र नेपाल बनाउने अभियान जारि रहेको भनेर शुक्रबार दिएको भिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।

National Life

शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।


महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि महतोले शुक्रबार पदभार ग्रहणलगत्तै अब नेपाललाई बहुल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गर्ने बताएका थिए ।उनको उक्त अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ ।

प्रतिकृया