• ११ असोज २०८३, आइतबार
  • ३ः५२ दिउँसो

चीनले उत्पादन गरेको नयाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

प्रकाशित मिति

२०७८ जेष्ठ २२ गते, शनिबार ०१:४७

काठमाडौँ : सरकारले चीनले उत्पादन गरेको कोरोना विरुद्धको नयाँ खोप ‘कोरोनाभ्याक’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको ‘कोरोनाभ्याक’ लाई नेपालमा आपत्तकालीन प्रयोगको अनुमति दिइएको बताएको छ।

National Life

१८ वर्ष भन्दा माथि मानिसहरुले लगाउन मिल्ने ‘कोरोनाभ्याक’ आयादका लागि बायोमेटिक्स प्रालीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा निवेदन दिएको छ। उसले १० लाख मात्रा ‘कोरोनाभ्याक’ आयात गर्ने योजना बनाएको छ। यो कम्पनीले प्रति डोज २१ सय रुपैयाँ तोकेको छ। तर उसलाई सरकारले ‘कोरोनाभ्याक’ आयातका लागि अनुमति भने दिइसकेको छैन।


बायोम्याटिक्सका निर्देशक बिके भण्डारीले एक दुई दिनभित्रै आफ्नो कम्पनीले ‘कोरोनाभ्याक’ आयातको अनुमति पाउनेमा आशावादी भएको बताए। उनले जतिछिटो अनुमति पाइन्छ त्यति नै छिटो खोप आयातका लागि प्रक्रिया अघि बढ्ने बताए। यो महिनाको अन्तिमसम्ममा खोप आयात गर्ने उनको योजना छ। चीनले अनुदानमा दिएको १० लाख मात्रा ‘भेरोसेल’ खोप आइसकेको छ। त्यसअघि उसले अनुदानमै ८ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाललाई दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया