• ११ असोज २०८३, आइतबार
  • ७ः०७ बिहान

अन्तिम खेलमा शानदार जितसहित युभेन्ट्स च्याम्पियन्स लिगमा छनो

प्रकाशित मिति

२०७८ जेष्ठ १० गते, सोमबार १०:३६

काठमाडौं: इटालियन सिरी ए को सिजनको अन्तिम खेलमा बोलोग्नालाई ४–१ ले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ । अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले जितसहित चौथो स्थानमा लिग सकायो । अर्को खेलमा नापोली भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो ।

National Life

युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई तथा फेडरिक चिएसा र एड्रिओन राबिओटले एक एक गोल गरे । स्टार खेलाडी क्रिस्टयानो रोनाल्डोलाई बेन्च राखेपनि युभेन्ट्सले सहज जित हात पारेको हो ।


जितपछि युभेन्ट्सले ३८ खेलबाट ७८ अंक जोड्दै चौथो स्थानमा रह्‍यो । नापोली ७७ अंकसहित पाँचौ स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, अर्को खेलमा एटलान्टालाई २–० ले पराजित गर्दै एसी मिलान उपविजेता बन्दै च्याम्पियन्स लिगमा छनोट भएको छ । एसी मिलानले ७९ अंक जोड्यो । यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको एटलान्टाले ७८ अंक जोडेपछि युभेन्ट्सलाई हेड टु हेडका आधारमा पछि पारेको हो ।

प्रतिकृया