• १३ असोज २०८३, मंगलबार
  • १ः०३ राती

सामूहिक राजीनामा दिने निर्णयबाट माधव नेपाल पक्ष ब्याक भयो, रावलले सुनाए कारण

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ११:४४

काठमाडौं:  नेकपा एमाले को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज  सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद अनुपस्थित् हुनेछन् ।

National Life

 

निर्णय सुनाउँदै रावलले भने,‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया