• १२ असोज २०८३, सोमबार
  • ११ः२१ राती

महेश बस्नेत कोरोना संक्रमणमुक्त, पाँच दिनमै रिपोर्ट नेगेटिभ

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ११:२६

वैशाख २७, काठमाडौं : नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत कोरोना संक्रमणबाट पाँच दिन मै मुक्त भएका छन् । वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको हो ।

National Life

हालसम्म २६ जना प्रतिनिधिसभा सदस्यमा पोजेटिभ देखिएकोमा अब बस्नेत भने संक्रमणमुक्त भएका छन् । घरमै आइसोलेसनमा बसेका बस्नेतले आफ्नो पहिलो रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले चिकित्सकको सल्लाहमा तत्कालै अर्को परीक्षण गर्दा नेगेटिभ आएको बताए ।कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतमा संक्रमण भएको थियो । आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको बस्नेतले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया