• १३ असोज २०८३, मंगलबार
  • ७ः१८ बिहान

हावाहुरी सहित हल्का वर्षाको सम्भावना

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ०७:३२

काठमाडौँ : दिउँसो देशको पहाडि भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

National Life

 

प्रदेश १, तथा बाँकी प्रदेशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भाग मौसम सामान्यतय सफा रहेको छ। पहाडि भू-भागका रैथे स्थानमा मेघ गर्जन सहित वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा राती सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।  देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकृया