• ३० भदौ २०८३, मंगलबार
  • १०ः४६ राती

देशभरबाट २ हजार थान सिलिन्डर जफत

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०४:३१

काठमाडौं :  कोभिड–१९ को दोस्रो लहरको संक्रमणका कारण देशभर अक्सिजनको अभाव भएको छ । अभाव टार्न प्रहरी परिचालन गरेरै गृह मन्त्रालयले देशभरबाट १ हजार ८ सय १६ थान सिलिन्डर जफत गरेको छ । कोभिड–१९ को उपचारका लागी आवश्यक अक्सिजन विभिन्न आयोजना, उद्योग र घरमा स्टक नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

National Life

 

गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अक्सिजन सिलिन्डर नजिकको अस्पताल र सुरक्षा निकायमा बुझाउन अपिल गरेको छ । ‘उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराएर कोभिड उपचारमा योगदान मन्त्रालय अपिल गर्दछ’ गृहको विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने सरकारी अभियानमा सहभागिताका लागि आग्रह गर्दछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया