• ३० भदौ २०८३, मंगलबार
  • ३ः०९ दिउँसो

खोप वा औषधिमा भ्रष्टाचार गर्नु जनता विरुद्धको अक्षम्य अपराध : सभापति देउवा

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०३:५१

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले कोरोना खोप र औषधिमा भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाएका छन् ।

National Life

 

प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाहीको माग समेत गरेका छन् । विज्ञप्तिमा भनेका छन्, ‘सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु ।’ उनले जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं औषधि खोप को भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको भन्दै देशभर आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

संक्रमण दिनप्रतिदिन बढिरहदा सरकार भने भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै देउवाले कोभिड १९ को यतिलामो समयसम्मको सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगरेको आरोप लगाए । ‘अहिले कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन’ विज्ञप्तिमा भनिएको छ ।

 

अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको देउवाको भनाइ छ । कोरोना नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको देउवाले जनाएका छन् ।

उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । साथै उनले पार्टीका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

प्रतिकृया