• २६ भदौ २०८३, शुक्रबार
  • ६ः३१ बेलुका

राष्ट्रियसभा उपनिर्वाचन : खिमलाललाई कांग्रेसको समर्थन

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०५:४६

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचमा माओवादी, जसपा लगायतका दलहरुसंग सहकार्य भएको जनाएको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले माओवादी, जसपा लगायत राजनीतिक शक्तिहरुसंगको सहमतिमै डा.खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

National Life

 

‘हामीले राष्ट्रियसभा निर्वाचनका लागि खिमलाल देवकोटाजीलाई साझा उम्मेदवार बनाएका छौं’, खाँडले नेपाल प्रेससँग भने । उनले पार्टीको शीर्ष तहमा भएको सहमति अनुसार नै बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा चुनावी तालमेल गरिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

बागमती प्रदेशको योजना आयोगको पूर्व उपाध्यक्ष रहेका देवकोटा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन् । उनी नेकपा एमालेको माधव नेपाल पक्षनिकट संघीयताविद हुन् । कांग्रेस, माओवादी र एमालेको माधव पक्षबीच लुम्बिनी प्रदेशमा कांग्रेसबाट तय हुने उम्मेदवारलाई सघाउने सहमति बनेको बताइन्छ ।

प्रतिकृया