सरकारलाई विज्ञापन संघको समय थप गर्न अनुरोध
प्रकाशित मिति
२०७८ बैशाख २३ गते, बिहीबार ०६:३९
काठमाडौं : नेपाल विज्ञापन संघले कर तिर्ने समय थप गरिदिन नेपाल विज्ञापन संघले सरकारलाई अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकमा निषेधाज्ञा जारी रहेकाले बुझाउनु पर्ने कर – राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारलाई अनुरोध गरेको हो ।
संघका अध्यक्ष सोमप्रसाद धितालले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको विषम परिस्थितिलाई मनन् गरी मूल्य अभिवृद्धि कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेका हुन् ।
दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न आग्रह गरेको आनले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
प्रतिकृया