• २३ भदौ २०८३, मंगलबार
  • ४ः५२ बिहान

वीरगञ्जमा थप पाँच कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार १०:४१

वीरगञ्ज : वीरगञ्जमा पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

National Life

दुईजनाको मंगलबार बिहान तथा तीनजनाको सोमबार ज्यान गएको नारायणी अस्पतालका  चिकित्सकले जानकारी दिएका हुन् ।

मंगलबार बिहान नारायणी अस्पतालमा उपचाररत बाराको जितपुर सिमरा उपमहानगरपालिका-६ की ४० वर्षे महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिएका छन् । वैशाख ९ गते नै कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएकी ती महिलाको बिहान १ बजेर २४ मिनेटमा मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै वीरगञ्ज महानगरपालिका-२५ र्सिसिया टोलकी ६५ वर्षीया महिलाको पनि मंगलबार बिहान ३ बजे मृत्यु भएको छ । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएकी ती महिला सोमबार उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरि सोमबार बेलुका ६ बजे पर्साको बहुदरमाइ नगरपालिका-७ की ४५ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । वीरगञ्जको गण्डक अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका-८ की ३८ वर्षीया महिलाको उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन बिनय श्रीवास्तवले बताए । ती महलिा सोमबार बिहान अस्पताल भर्ना भएकी थिइन् ।

त्यसअघि सोमबार बिहान नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका-६ आदर्शनगरका ६० वर्षीय पुरुषको सोमबार बिहान साढे ९ बजे मृत्यु भएको  संयोजक डा.दासले जानकारी दिएका छन् ।

प्रतिकृया