• २३ भदौ २०८३, मंगलबार
  • ३ः५२ राती

बङ्गलादेश बैंकको मुनाफा उकालाे लाग्दै: १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०८:५४

काठमाडौँ : नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा मुनाफा बढेको सार्वजनिक गरेको छ ।

National Life

 

गत आर्थिक वर्षको अवधिको तुलनामा ६३.०२ प्रतिशत बढी चालु आर्थिक वर्ष चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरि उकालाे लागेकाे  छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ७.३५ प्रतिशत घटेको छ। यद्यपि, बैंकको फि तथा कमिशन आम्दानी ११.०९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५१४.५० प्रतिशत बढेको छ ।

 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.४१ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको बैंकले जनाएकाे छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ४९ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेको छ।

 

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६ प्रतिशतले  बढेको छ भने जगेडा कोष २८.१२ प्रतिशतले बढेको छ ।

बैंकको निक्षेप स‌क‌‍‍‍लनमा भने १०.३२ प्रतिशत र कर्जा १२.१२ प्रतिशत बढेको छ ।

 

बैंकको निष्क्रिय कर्जा भने घटेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतविन्दु घटेर १.९१ प्रतिशतमा सीमित भएको छ।

प्रतिकृया