बङ्गलादेश बैंकको मुनाफा उकालाे लाग्दै: १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०८:५४
काठमाडौँ : नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा मुनाफा बढेको सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको अवधिको तुलनामा ६३.०२ प्रतिशत बढी चालु आर्थिक वर्ष चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरि उकालाे लागेकाे छ।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ७.३५ प्रतिशत घटेको छ। यद्यपि, बैंकको फि तथा कमिशन आम्दानी ११.०९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५१४.५० प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.४१ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको बैंकले जनाएकाे छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ४९ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ६ प्रतिशतले बढेको छ भने जगेडा कोष २८.१२ प्रतिशतले बढेको छ ।
बैंकको निक्षेप सकलनमा भने १०.३२ प्रतिशत र कर्जा १२.१२ प्रतिशत बढेको छ ।
बैंकको निष्क्रिय कर्जा भने घटेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतविन्दु घटेर १.९१ प्रतिशतमा सीमित भएको छ।





प्रतिकृया