• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा :अध्यक्ष राणा

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:५७

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन । साक्षात्कारमा बोल्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पारे ।

Kamana Sewa

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि सुनाए । अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको पनि सुनाए ।

Classic Tech Desktop

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाए । राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा विम्स्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाईएको र नेपालका प्रधानमन्त्री ओलीपनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाई छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिए ।

प्रतिकृया