• ३१ भदौ २०८३, बुधबार
  • ९ः३२ राती

पत्रकारलाई नाकको डाँडी भाँच्छु भन्ने मेयर चौधरीको चौर्तफी आलोचना

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:४८

गौरब निरौला ।
पत्रकारलाई नाकको डाँडी भाँच्छु भन्दै धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीको आलोचना अहिले जताततै छ । इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्दै धम्की दिएका मेयरको सामाजिक सञ्जाल जताततै आलोचना भएको हो ।

National Life

पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगर पालिकाका मेयर देवारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन्। पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन्। पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन आग्रह गरेका हुन्।

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पत्रकारदेखि राजनीतिज्ञसम्म धेरैले यस विषयमा मुख खोलेका छन् । यस्तैमा सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मेयर द्वारीकलाल चौधरीको आलोचना गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले बुधबार बिहान लेखेका छन्, ‘म द्वारीकजीको हकी स्वभाव, प्रष्टवक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रशंसक हुँ । तर, केही दिनयता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन । तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म बिनम्र अनुरोध गर्दछु ।’

यस्तै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर खरेलले पनि यस विषयमा आफ्नो विचार राखेका छन् ।

उनले लेखेका छन्, इटहरीका मेयर द्वारिक चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिवाटै थाह हुन्छ । तर, पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाईहरु भने पूर्णतः त्रुटीपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जवजवाट दिक्षीत कार्यकर्ताले त लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भएपनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

पत्रकारमाथि दुर्व्यवहार गरेपछि चर्चामा आएका मेयरले मंगलबार पत्रकार विराटलाई अब तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ भन्दै फोनमा धम्क्याएका थिए ।

मेयर चौधरीले पत्रकार अनुपमको फेसबुक स्टाटसमा चाटुकर पत्रकार भन्दै कमेन्ट गरेका थिए । त्यसपछि अनुपमले मेयरलाइ फोन लगाएपछि पत्रकारले यस्तो धम्की दिएका थिए ।

यसैगरी रविलामिछाने ले पनि मेयर चौधरी को बिषयमा टवीटरमा आफनो अभिब्यक्ती दिएका छन ।

केहि सामाजीक संजाल मा रहेका टिप्पणी :

 

प्रतिकृया