• २६ भदौ २०८३, शुक्रबार
  • २ः१७ राती

युके भेरियन्ट सात गुणा संक्रामक

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ०९:५०

काठमाडौ:  नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ।

National Life

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा।बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने स्थिति छ।

‘यही दरमा संक्रमण वृद्धि हुने हो भने केही दिनमै कोभिड अस्पतालमा बेड अभाव हुने स्थिति आउँछ’, डा.मरासिनीले भने, ‘जति धेरै संक्रमित उति नै अक्सिजन र भेन्टिलेटर सुविधासहितको अस्पताल चाहिन्छ।’ संक्रमितमा अक्सिजनको मात्रा घटेमा पनि अस्पताल नै भर्ना गर्नुपर्ने हुनाले अब सरकारले कोभिड अस्पताल निर्माणमा जोड दिनुपर्ने अवस्था आएको उनको सुझाव छ।

Classic Tech Mobile
Classic Tech Desktop

तीव्र गतिमा फैलिएको संक्रमणका कारण अस्पतालमा दैनिक भर्ना हुने दरमा समेत वृद्धि भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताए। ‘चाँडै धेरै बिरामी भर्ना भएका छन् । धेरैमा खोकी नलागे पनि निमोनिया भएको देखिन्छ’, उनले भने । भर्ना भएकामा निमोनिया र श्वास–प्रश्वासको समस्या बढी देखिएको छ।

दोस्रो लहर सुरु भएसँगै बालबालिका र युवामा संक्रमण बढिरहेको र उनीहरू उपचारमा समेत आइपुगेको डा। बास्तोलाले बताए। फागुनको अन्तिम सातादेखि वृद्धि भएको संक्रमण चैतदेखि तीव्र रुपमा फैलिएको थियो । संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न सक्ने डा। बास्तोला बताउँछन् । ५० वर्षमुनिका मानिससमेत आइसियुमा भर्ना हुने दरमा वृद्धि भएकाले गम्भीर बिरामीको संख्या बढ्ने सम्भावना रहेको  छ ।

(नागरिक दैनिक)

प्रतिकृया