रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि, झन्डै ४ हजार प्रतिनिधि सहभागी हुने
प्रकाशित मिति
२०८३ असार ७ गते, आईतवार ११:०६
७ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरबाट झन्डै चार हजार प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
रास्वपा नेतृ तथा महाधिवेशन उपसमिति संयोजक लिमा अधिकारीका अनुसार महाधिवेशनमा ३,९९० जना प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि अन्तिम सूची प्रकाशनसँगै प्रतिनिधिको संख्या केही थपघट हुन सक्ने बताइएको छ।

रास्वपा संगठन विभाग सचिव शंकर श्रेष्ठले प्रतिनिधिको संख्या करिब चार हजार पुग्ने जानकारी दिँदै अन्तिम नामावली आइतबार बेलुकासम्म सार्वजनिक गरिने बताए। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा बालेन्द्र शाह ले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनले १९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। यसमध्ये सभापतिसहित ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्यहरू पार्टीको विधानअनुसार मनोनयन गरिने व्यवस्था रहेको छ।
रास्वपाको स्थापना पश्चात् पहिलो पटक हुन लागेको राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




प्रतिकृया