• १६ असोज २०८३, शुक्रबार
  • ५ः२९ बेलुका

कोशीबाट ३९३ प्रतिनिधि रास्वपाको चितवन महाधिवेशनमा सहभागी हुने (सूचीसहित)

प्रकाशित मिति

२०८३ असार ७ गते, आईतवार १०:५६

७ असार २०८३ विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने महाधिवेशनमा कोशी प्रदेशबाट ३९३ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको अन्तिम सूचीअनुसार कोशी प्रदेशबाट ३९३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

National Life

रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भई मंगलबारसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा पार्टीको भावी नेतृत्व चयन, संगठन विस्तार, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ।

महाधिवेशनलाई रास्वपाको संगठनात्मक सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। कोशी प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूले विभिन्न जिल्लाको प्रतिनिधित्व गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया