• २५ जेठ २०८३, सोमबार
  • ११:४४ बिहान

भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल चीन जाँदै, वाङ यी र लिउ हाइसिङसँग भेटवार्ता हुने

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार १०:४४

काठमाडौं । भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जुन १४ (जेठ ३१) मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

स्रोतका अनुसार मन्त्री खनाल चीन भ्रमणका क्रममा जुन १५ र १६ मा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता र छलफलमा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विभिन्न विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको छ।

Kamana Sewa

राजनीतिक तथा कूटनीतिक भेटघाटका अतिरिक्त मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्। उक्त भेटमा नेपाली समुदायका सरोकार, नेपाल–चीन सम्बन्ध तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

Classic Tech Desktop

परराष्ट्रमन्त्री खनालले आफ्नो सम्पूर्ण औपचारिक कार्यक्रम सम्पन्न गरेपछि जुन १७ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ।

भारत भ्रमणलगत्तै हुन लागेको यो चीन भ्रमणलाई नेपालको कूटनीतिक सक्रियता र छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिकृया