• ५ असोज २०८३, सोमबार
  • १२ः३१ दिउँसो

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्म स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०३:५५

१९ जेठ २०८३ काठमाडौं – विपक्षी दलहरूको निरन्तर नाराबाजीका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद्को अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।

National Life

दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब दुई घण्टा ढिलो गरी ३ बजे सुरु भएको थियो। बैठक सुरु भएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न वा तथ्य पुष्टि गर्न नसके माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षीको विरोधका बीच सभामुख अर्यालले कार्यसूची अघि बढाउने प्रयास गरे पनि सहमति जुट्न सकेन। त्यसपछि बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुखले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन्।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची तय गरिएको थियो।

प्रतिकृया