• ५ असोज २०८३, सोमबार
  • ११ः१४ बिहान

राष्ट्रिय सभा बैठकमा विपक्षी दलद्वारा आजपनि अवरोध

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०१:५९

१९ जेठ २०८३ काठमाडौं –  राष्ट्रिय सभा बैठकमा आज विपक्षी दलहरूले अवरोध गरेका छन्। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन्।

National Life

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले सांसदहरूलाई बोल्न समय उपलब्ध गराएका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। अहिले पनि बैठकमा विरोध जारी रहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया