• १९ असार २०८३, शुक्रबार
  • ४:४८ बिहान

मानव अधिकार आयोगको प्रतिवेदनले जेनजी आन्दोलन घटनामा ओलीलाई जिम्मेवार देखायो

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०४:३६

१३ जेठ २०८३ काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे तयार गरिएको छानबिन प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई घटनाप्रति जिम्मेवार देखाएको छ ।

प्रतिवेदनअनुसार सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको र पछि उपचारका क्रममा थप २३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

Kamana Sewa

आयोगले राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका तत्कालीन प्रधानमन्त्री ओलीले “गोली हान्ने आदेश दिएको छैन” भन्ने दाबीका आधारमा मात्रै उनी जिम्मेवार नठहरिने अवस्था नरहेको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख छ ।

Classic Tech Desktop

त्यस्तै, भदौ २३ र २४ गतेको सुरक्षा अवस्थाबारे विश्लेषण गर्दा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायको संयन्त्र असफल भएको देखिएको भए पनि मन्त्रिपरिषद्ले सेनाको सहयोग लिने कुनै निर्णय नगरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिकृया