• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार १०:२४

७ जेठ २०८३ काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालय ले प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गर्दै जेठ १८ गतेभित्र दरखास्त पेश गर्नुपर्ने जनाएको हो ।

योग्यताअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कम्तीमा स्नातक उत्तीर्ण तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै पत्रकार आचारसंहिता उल्लंघनमा सजाय नपाएको तथा प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको व्यक्ति मात्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया