• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, योगदान २.९४ प्रतिशत

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार १०:५२

७ जेठ २०८३ काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । कार्यालयका अनुसार यस अवधिमा कर्णाली प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

प्रदेश योजना आयोग र तथ्यांक कार्यालयका अनुसार कृषि, पर्यटन, जलविद्युत् तथा सेवा क्षेत्रको विस्तारसँगै आर्थिक गतिविधिमा सुधार देखिएको छ । वित्तीय तथा बीमा सेवा क्षेत्र र विद्युत् तथा ग्यास क्षेत्रको वृद्धि दर सबैभन्दा उच्च रहने अनुमान गरिएको छ ।

Kamana Sewa

प्रतिव्यक्ति आयतर्फ कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा १ हजार १०८ अमेरिकी डलर रहने अनुमान गरिएको छ । उत्पादन र लगानी अपेक्षाअनुसार विस्तार हुन नसक्दा आर्थिक वृद्धिदरमा दबाब परेको विश्लेषण गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया