• १९ असार २०८३, शुक्रबार
  • ४:५० बिहान

अल्टिमेटमपछि सुकुमबासी बस्ती खाली गर्ने क्रम तीव्र(तस्बिरहरू)

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ११:०८

११ बैशाख २०८३ काठमाडौं – बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासी बस्ती हटाउने सरकारी निर्णयसँगै बस्ती खाली गर्ने क्रम तीव्र बनेको छ। सरकारले शुक्रबार साँझ ७ बजेसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएपछि अधिकांश स्थानीयले आफ्नो सामान सार्न थालेका छन्।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै माइकिङ गर्दै सुकुमबासीलाई बस्ती छाड्न सूचना दिएको थियो। प्रारम्भमा अन्योल देखिए पनि सरकार पछि हट्ने संकेत नदेखिएपछि बस्ती खाली गर्ने क्रम बढेको हो।

Kamana Sewa

शनिबार र आइतबार काठमाडौंको थापाथली क्षेत्रस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी गरिएको छ। सो क्षेत्र खाली गराएर नदी किनार व्यवस्थापन गर्ने सरकारको योजना रहेको जनाइएको छ।

Classic Tech Desktop

यसअघि बस्ती हटाउने विषयमा पटक–पटक विवाद हुँदै आएको थियो। पछिल्लो कदमसँगै प्रभावित सुकुमबासीहरूको व्यवस्थापन र पुनःस्थापनाको विषय पनि चासोको केन्द्रमा परेको छ।

प्रतिकृया