• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

सीमामा अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्न आईजीपी कार्कीको निर्देशन

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार १०:००

काठमाडौं । दान बहादुर कार्कीले सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणका लागि थप कडाइ गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित निर्देशन कार्यक्रममा उनले सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्दै प्रभावकारी सुरक्षा रणनीति अपनाउन जोड दिएका हुन् ।

उनले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आफ्नो कार्यक्षेत्रमा हुने कुनै पनि आपराधिक गतिविधि रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताए । आईजीपी कार्कीले सीमा क्षेत्रमा ‘शून्य सहनशीलता’ नीति अपनाउन निर्देशन दिँदै लागूऔषध उत्पादन, ओसारपसार र कारोबार नियन्त्रणमा कडाइ गर्न र संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरे । साथै गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा अदालतका फैसला कार्यान्वयनमा तीव्रता दिनसमेत उनले निर्देशन दिए ।

Kamana Sewa

उनले प्रहरी संगठनभित्र व्यावसायिकता अभिवृद्धि गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने बताउँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकको विश्वास बढाउनुपर्ने धारणा राखे । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीलाई कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन् ।

Classic Tech Desktop

कार्यक्रममा उमा प्रसाद चतुर्बेदी र अबि नारायण काफ्ले लगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया