• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

मन्त्री बन्न नपाएपछि कांग्रेसका प्रदेश सांसद कुँवरको राजीनामा

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार ०१:५६

२ बैशाख २०८३ काठमाडौं – नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन्।

गण्डकी प्रदेशमा आजै मन्त्रिमण्डल पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिमण्डलमा आफू मन्त्री बन्ने अपेक्षा राखेका कुँवर मन्त्रीमा समेटिन नसकेपछि असन्तुष्ट हुँदै राजीनामा दिएको स्रोतले जनाएको छ।

Kamana Sewa

राजीनामा पत्रमा उनले आफूलाई विश्वास र मत दिएको आम मतदाता, शुभेच्छुक तथा समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै पूर्ण कार्यकाल पूरा गर्न नसकेकोमा क्षमायाचना गरेका छन्।

Classic Tech Desktop

यस्तै, कुनै सार्वजनिक पदमा नरहे पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टी नेतृत्व, प्रदेश सभा सदस्य, कर्मचारी तथा मिडियाप्रति आभार प्रकट गरेका छन्।

कुँवरले गण्डकी प्रदेश सभा र प्रदेश सरकारको पूर्ण कार्यकाल सफलताको कामना समेत गरेका छन्।

प्रतिकृया