• ५ असोज २०८३, सोमबार
  • १ः५९ दिउँसो

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरूले शपथ लिए

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार ०१:१६

२ बैशाख २०८३ काठमाडौं – गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहणसमेत गरेका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री नियुक्त गरिएको छ।

National Life

त्यस्तै भीमबहादुर कार्कीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्री र नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डा अनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया