• ४ साउन २०८३, सोमबार
  • १०:१२ बेलुका

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक पेरिसडाँडामा सुरु

प्रकाशित मिति

२०८२ चैत्र २३ गते, सोमबार १२:४९

२३ चैत,२०८२ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी को केन्द्रीय कार्य संयोजन समितिको बैठक आजबाट सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन अध्ययनका लागि सबै सदस्यहरूलाई उपलब्ध गराइएको छ।

Kamana Sewa

बिहीबारकै बैठकले पार्टी एकता र समायोजन, महाधिवेशन, तथा आगामी कार्ययोजनासम्बन्धी एजेन्डा पारित गरेको थियो।आजको बैठकमा ती विषयमा थप छलफल गरी आवश्यक निर्णयहरू लिने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया