• ४ साउन २०८३, सोमबार
  • ७:४४ बेलुका

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

प्रकाशित मिति

२०८२ चैत्र २२ गते, आईतवार ०३:३४

२२ चैत,२०८२ काठमाडौं – सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजतालाई मध्यनजर गर्दै चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शैक्षिक संस्थामा समय तालिका फरक रहनेछ।

बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ। साथै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि थप ९५ मिलियन अमेरिकी डलर ऋण पनि स्वीकृत गरिएको छ।

Kamana Sewa

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न सरकारी निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिइएको छ। राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा को राजीनामा पनि स्वीकृत गरिएको छ।

Classic Tech Desktop

सरकारले इन्धन खपत घटाउन डिजेल–पेट्रोल सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।

यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका छन्।

प्रतिकृया