• १७ असोज २०८३, शनिबार
  • ४ः३७ बिहान

सरकार संयमित नभए देश फेरि द्वन्द्वतर्फ जानसक्ने कांग्रेसको चेतावनी

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०७:०४

१४ चैत,२०८२ काठमाडौं – नेपाली कांग्रेसले सरकार संयमित र परिपक्व ढंगले अघि नबढे देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै सरकारलाई उत्तेजनामा नआउन आग्रह गरेका हुन्।

National Life

कांग्रेसले भदौ २३ र २४ गतेका घटनामा संलग्न व्यक्ति तथा संस्थामाथि निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान र कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। साथै, ती दिन भएका आगजनी र विध्वंसमा को-को संलग्न थिए भन्ने कुरा जनताले थाहा पाउनुपर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानूनी प्रक्रिया अनुसार कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने जनाइएको छ। तर कारबाही आवेग वा उत्तेजनामा नभई विधि अनुसार हुनुपर्नेमा जोड दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसले सरकार स्वयं संयमित नभए हतारमा गरिएका निर्णयले कानूनको शासन कमजोर हुने र देश पुनः अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। साथै, यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरिएको छ।

प्रतिकृया