• १५ असोज २०८३, बिहीबार
  • ९ः२६ बिहान

मध्यपूर्वबाट ८२ हजार नेपालीले अनलाइन दर्ता

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०३:२२

६ चैत,२०८२ काठमाडौं- परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १ सय नेपाली नागरिकले विवरण दर्ता गराएको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री ले उक्त जानकारी दिएका हुन्।

National Life

उनका अनुसार प्रारम्भमा करिब ६ हजार जनाले आफू असुरक्षित रहेको बताएका थिए, तर पछिल्ला दिनहरूमा यस्तो संख्या उल्लेख्य रूपमा घटेको छ। इजरायल–इरान–अमेरिका बीचको तनावका बीच मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको छ। सुरुमा सुरक्षासम्बन्धी जिज्ञासा बढी आए पनि पछिल्लो समय श्रम स्वीकृतिबारे सोधपुछ बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत विदेशमा रहेका नेपालीको अवस्थाबारे निरन्तर निगरानी र समन्वय गरिरहेको जनाएको छ। हाल कुनै नेपाली नागरिक ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्री समेत स्वदेश फर्किसकेको जानकारी दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ।

प्रतिकृया