• १८ असोज २०८३, आइतबार
  • ८ः५४ बिहान

रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले कति गरे निर्वाचन खर्च ?

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ०९:५३

२९ फाल्गुन,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

National Life

उनले निर्वाचन अभियानका क्रममा कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन्। उक्त खर्चमध्ये मनोनयन दर्ताका लागि १० हजार, मतदाता नामावली खरिदका लागि ३ हजार तथा प्रचार–प्रसार सामग्री खरिद र प्रिन्टमा ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी विद्युतीय प्रचार–प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च गरिएको छ। निर्वाचन अवधिमा ४२ स्थानमा कार्यालय सञ्चालन गर्न ४ लाख २० हजार रुपैयाँ खर्च गरिएको छ भने ६९ मतदान केन्द्रमा बुथ परिचालनका लागि ३ लाख १९ हजार ३०० रुपैयाँ खर्च भएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै १५ दिनका लागि सवारी तथा इन्धनमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ। खाना, खाजा र अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ तथा विविध शीर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रतिकृया