• १८ असोज २०८३, आइतबार
  • ९ः४२ बिहान

जेनजी प्रदर्शनबारे गठित आयोगले सरकारलाई प्रतिवेदन बुझायो

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार १२:५७

२४ फाल्गुन,२०८२ काठमाडौं- जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएको हो।

National Life

आयोगका सदस्य विज्ञानराज शर्मा ले जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिएका छन्। सरकारले असोज ५ मा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न आयोग गठन गरेको थियो।

आयोगले भदौ २३ मा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जाने घटनाबारे अनुसन्धान गर्दै १५० भन्दा बढी सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीसँग बयान लिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजी आन्दोलन भएको समयमा देशमा केपी शर्मा ओली को नेतृत्वमा सरकार थियो। त्यसबेला गृह मन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए।

प्रतिकृया