• १८ असोज २०८३, आइतबार
  • १०ः१३ बिहान

प्रतिनिधिसभा निर्वाचन: ३८ क्षेत्रमा नतिजा सार्वजनिक, कुन क्षेत्रमा कसले जिते?

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार १२:१५

२३ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म १६५ मध्ये ३८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।

National Life

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै २८ क्षेत्रमा विजय हासिल गरेको छ। यस्तै नेपाली कांग्रेस ले ५, नेपाली कम्युनिष्ट पार्टी ले २, नेकपा एमाले ले २ तथा एक स्वतन्त्र उम्मेदवार १ क्षेत्रमा विजयी भएका छन्।

यसैबीच, मतगणना जारी रहेका धेरै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेका छन्। आयोगका अनुसार हालसम्म रास्वपा ८९ क्षेत्रमा अगाडि छ भने नेपाली कांग्रेस र नेकपा एमाले १०–१० क्षेत्रमा, नेपाली कम्युनिष्ट पार्टी ९ क्षेत्रमा, श्रम संस्कृति पार्टी ५ क्षेत्रमा र राष्ट्रिय प्रजातन्त्र पार्टी १ क्षेत्रमा अग्रस्थानमा रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बाँकी निर्वाचन क्षेत्रहरूमा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया