झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको दवदबा
प्रकाशित मिति
२०८२ फाल्गुन २३ गते, शनिबार ०९:४६
झापा – हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरूले अग्रता हासिल गरेका छन्।
झापा-१ निशा डाँगी (राष्ट्रिय स्वतन्त्र पार्टी) २२,७६१ मतसहित विजयी, केवलराम राई (श्रम संस्कृति पार्टी) ६,१४६, केशव राज पाण्डे (नेपाली कांग्रेस) ५,८७७, रामचन्द्र उप्रेती (नेकपा एमाले) ४,६७४ मत आएको छ ।
झापा-२ मा इन्दिरा राना मगरले २४,६५० मतसहित विजयी भइन्। निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका देव राज घिमिरे, ४,७०५ मतसहित दोस्रो स्थानमा रहे।
झापा-३ मा प्रकाश पाठकले २५,७१६ मत प्राप्त गर्दै विजयी भए। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्देन ११,५६८ मतसहित रहे।
झापा-४ मा शम्भु प्रसाद ढकालले १५,६६९ मतसहित प्रतिनिधि सभा सदस्यको सीट जिते। एमालेका लालप्रसाद साँवा लिम्बु ४,४७० मतसहित दोस्रो स्थानमा रहे।
झापा-५ मा बालेन्द्र शाह (बालेन) ले ३४,८६३ मतसहित ठूलो मतान्तरले जीत हात पारे। निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका केपी शर्मा ओली, ९,०६८ मतसहित परे।
झापाका यी नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रभुत्व झापामा अझ सुदृढ भएको देखाएको छ।








प्रतिकृया