• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

काठमाडौँका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०६:२०

२२ फाल्गुन,२०८२ काठमाडौं–  काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।

National Life

काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार ५५१ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा एमालेका विनोद श्रेष्ठले २८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ तीन हजार २९० मतसहित अगाडि छन्। नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा एमालेका राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१ मत ल्याउँदै अग्रता लिएका छन्। नेकपा एमालेका प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने तीन हजार १२९ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा एमालेका मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी ४२४ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका मणिराम फुँयालले २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ३ मा भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एक हजार ८४६ मतसहित अग्रस्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ र नेकपा एमालेका रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन्।

बिहान ४:३० बजेसम्मको विवरणअनुसार काठमाडौँ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ८६५ मत ल्याउँदै अग्रता लिएका छन्। नेकपा एमालेका राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन्।

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल एक हजार ४२४ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा एमालेका ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन्।

अन्य निर्वाचन क्षेत्रको पछिल्लो विवरण भने अझै सार्वजनिक भइसकेको छैन।

प्रतिकृया