• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

आजको मौसम कस्तो होला ?

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ०९:१८

२० फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । ती क्षेत्रसहित देशका बाँकी भू–भागमा तुँवालो लागेको छ ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Kamana Sewa

यस्तै आज राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया