• ३१ भदौ २०८३, बुधबार
  • ८ः४५ राती

इरानको ड्रोन आक्रमणमा यूएईमा कार्यरत नेपाली युवककोपहिचान खुल्यो

प्रकाशित मिति

२०८२ फाल्गुन १८ गते, सोमबार ०८:४१

काठमाडौं । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा एक नेपाली युवकको ज्यान गएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो।

National Life

राजदूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ यूएईस्थित एक मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। उनी जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा घाइते भएका थिए। उपचारका क्रममा उनको निधन भएको दूतावासले जनाएको छ।

घटनापछि राजदूतावासले मृतक श्रेष्ठको परिवारसँग सम्पर्क गरी आवश्यक सहजीकरण सुरु गरेको जनाएको छ। पार्थिव शरीर स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस घटनाले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षाबारे चिन्ता थपिएको छ।

प्रतिकृया