• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

संयुक्त अरब इमिरेट्समा इरानी आक्रमण: एक नेपालीसहित ३ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०९:४७

१७ फाल्गुन,२०८२ काठमाडौं – इरानले गरेको प्रतिआक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक नागरिक रहेका छन्। मृतकको नाम भने सार्वजनिक गरिएको छैन।

National Life

मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणाली पार गर्दै प्रवेश गरेका इरानी ड्रोन आक्रमणका कारण जमिनमा क्षति हुँदा तीन विदेशी नागरिकको ज्यान गएको हो। घटनामा कम्तीमा ५८ जना सामान्य घाइते भएका छन्।

यूएईका अनुसार इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये १५२ वटा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको र १३ वटा समुद्रमा खसेका थिए। साथै प्रहार गरिएका दुईवटा क्रुज मिसाइल पनि नष्ट गरिएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा अवरोध गरी खसालिएको तथा ३५ वटा ड्रोन यूएईको भूभागभित्र खसेका मन्त्रालयले जनाएको छ। मिसाइल र ड्रोन अवशेष खस्दा विभिन्न स्थानमा नागरिक संरचनामा सामान्यदेखि मध्यम क्षति पुगेको बताइएको छ।

प्रतिकृया