• १५ असोज २०८३, बिहीबार
  • २ः३० राती

बेनी हाईड्रोपावरको आईपीओ चैत १ गतेदेखि खुल्ने

प्रकाशित मिति

२०८२ फाल्गुन १५ गते, शुक्रबार ०९:४८

१५ फाल्गुन,२०८२ काठमाडौं – बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।

National Life

कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ। यसअन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत) सेयर वितरण गरिने कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणतर्फ जारी गरिने १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रतिकृया