• १४ असोज २०८३, बुधबार
  • ११ः४९ राती

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ फाल्गुन १५ गते, शुक्रबार ०९:४०

१५ फाल्गुन,२०८२ काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

National Life

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर निष्कासन गरिसकेको छ। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। त्यसैगरी, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले बाँकी ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट ‘सी–आस्बा’ सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया