• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

आजदेखि चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा रोक

प्रकाशित मिति

२०८२ फाल्गुन १४ गते, बिहीबार ११:२१

१४ फाल्गुन,२०८२ काठमाडौं – चुनाव अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो।

यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। सुरक्षा अवस्थाको मूल्याङ्कन तथा आवश्यक मार्गदर्शनका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोग ले जनाएको छ।

Kamana Sewa

प्रतिकृया