• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

रौतहटमा कर्फ्युमा कडाइ

प्रकाशित मिति

२०८२ फाल्गुन १० गते, आईतवार १०:११

१० फाल्गुन, २०८२ रौतहट- जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ। बिहान केही समयका लागि खुकुलो पारिएको कर्फ्यु पुनः कडाइ गरिएको प्रशासनले जनाएको छ।

बिहीबारदेखि बढ्दै गएको तनावका कारण सुरक्षा चुनौती थपिएको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। गौरमा दुई समुदायबीच सामान्य विवादबाट सुरु भएको झडप शुक्रबार उग्र बन्दै साम्प्रदायिक दंगामा परिणत भएपछि कर्फ्यु लगाइएको थियो।

Kamana Sewa

आइतबार बिहान कर्फ्यु केही समयका लागि खुकुलो पारिएपछि स्थानीयवासी अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि बाहिर निस्किएका थिए। तर बिहान ८ः३० बजेदेखि पुनः कर्फ्युमा कडाइ गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया