रुपन्देही–३ मा जसपा उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिँदै एमाले प्रवेश
प्रकाशित मिति
२०८२ फाल्गुन ४ गते, सोमबार १२:२१
४ फाल्गुन, २०८२ काठमाडौं – रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल का तर्फबाट उम्मेदवार बनेका थिए।
सोमबार जारी प्रेस विज्ञप्तिमा यादवले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारी त्याग्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका हुन्। उनी जसपा नेपालका केन्द्रीय सदस्य समेत थिए।
विज्ञप्तिमा उनले वर्तमान विषम राष्ट्रिय परिस्थितिमा राजनीतिक स्थायित्वका लागि एमाले प्रमुख शक्ति बन्ने विश्वासका साथ पार्टी परिवर्तन गरेको उल्लेख गरेका छन्। साथै आफ्ना समर्थक र मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।
रुपन्देही–३ मा एमालेका उम्मेदवार बासुदेव घिमिरे रहेका छन्। यादवलाई एमाले प्रवेश गराउँदा जिल्ला अध्यक्ष यज्ञ गैरे लगायत नेताहरूले स्वागत गरेका थिए।









प्रतिकृया