• १९ असोज २०८३, सोमबार
  • ८ः१६ राती

प्रतिनिधिसभा निर्वाचन: आजदेखि चुनावी प्रचार खुला, फागुन १८ रातिसम्म समय

प्रकाशित मिति

२०८२ फाल्गुन ४ गते, सोमबार ०९:५७

४ फाल्गुन, २०८२ काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार–प्रसार गर्न पाइने समयावधि निर्धारण गरेको छ। आयोगले सबै सरोकारवाला पक्षलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

National Life

आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार सुरु गर्न पाउनेछन्। निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक र भेला गर्दा अपनाउनुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको प्रचार अवधि फागुन ४ देखि १८ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका छन्। आयोगले प्रचारका क्रममा दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गर्दै निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिएको आयोगले जनाएको छ। उल्लंघनका घटना नहोस् भन्ने अपेक्षा राख्दै आयोगले आवश्यक परे स्पष्टीकरण वा कानुनी कारबाहीसमेत गर्न सकिने चेतावनी दिएको छ।

प्रतिकृया