• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

रामेछाप बस दुर्घटनाको छानबिन माग्दै स्थानीयद्वारा सडक अवरुद्ध

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ०२:१६

२८ माघ,२०८२ रामेछाप — मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन र क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। दुर्घटनामा १२ जनाको मृत्यु हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले चासो नदिएको आरोप लगाउँदै बुधबार बिहानदेखि सडक बन्द गरिएको हो।

National Life

स्थानीयहरूले काठमाडौँबाट आएका सवारीसाधनलाई खुर्कोट, मन्थली भित्रिने गाडीलाई मन्थली आकाशे र गाउँबाट छुटेका सवारीलाई खिम्तीमा रोकेका छन्।

प्रदर्शनकारीले दुर्घटनाको निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सहज उपचारको व्यवस्था गर्न माग गरेका छन्। काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया